कला

काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन चलचित्र ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको निर्माण पक्षले जनाएको छ ।
अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेगरी ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच कागजी सम्झौता भएको छ ।
दयाहाङ राई, निरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘मनसरा’ वैशाख २१ गतेबाट प्रदर्शन हुँदै छ । चलचित्रमा निर्देशक सुब्बाकै लेखन रहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० २१:३६
प्रतिक्रिया दिनुहोस्