site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीनजनालाई झपट पुरस्कार

काठमाडौं । तीनसर्जकलाई झपट पुरस्कार प्रदान गरिएको छ ।

झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले साहित्यकार कञ्चन पुडासैनीलाई कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा पुर्‍याएको योगदानबापत ‘झपट पुरस्कार’ प्रदान गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा समर्पित डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्रा. डा. ऋषीराम शर्मालाई ५० हजार रुपैयाँ राशिसहितको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरियो ।

उक्त अवसरमा ‘झपट अभिलेख’को लोकार्पण समेत गरिएको समितिकी सदस्यसचिव रेखा राणाले जानकारी दिइन् ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्