site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली, प्रचण्ड र विप्लवबीच ‘उच्चस्तरीय समझदारी’, सुहाङ साझा उमेदवार
SkywellSkywell

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई साझा उमेदवारका रूपमा अगाडि सारिएको छ । सुहाङलाई नेकपा (एमाले)सँगै नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि सघाउने भएका हुन् ।

सो क्षेत्रमा चुनावी तालमेल गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवबीच उच्चस्तरीय समझदारी भएको ती पार्टीका जिल्ला नेताहरूले शनिबार जारी गरेको अपिलमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

सुहाङलाई विजयी गराउन तीनै पार्टीका जिल्ला नेताहरूले आममतदाता, शुभेच्छुक, समर्थकमा संयुक्त अपिल समेत गरेका छन् । माओवादी केन्द्रले सुहाङलाई सघाउने निर्णय यसअघि नै गरेको थियो ।

सो क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

अपिल पढ्नोस्–

adf-1712411102.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu