site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ मा आठ स्वतन्त्रसहित २० जनाको उमेदवारी दर्ता (सूचीसहित)

काठमाडौं । इलाममा हुन लागेको उपनिर्वाचनका निम्ति २० जनाले उमेदवारी दर्ता गराएका छन् । इलाम क्षेत्र नम्बर–२ का निम्ति २० जनाको उमेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा राजनीतिक दलका तर्फबाट १२ र आठजनाले स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । उनीहरू सबै पुरुष हुन् ।

Dabur Nepal
NIC Asia

नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट मिलन लिम्बू, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र डाकप्रसाद गौतमलगायत व्यक्तिले उमेदवारी दर्ता गराएका आयोगले जानकारी गराएको छ ।

सो क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

उमेदवारी दर्ता गराएकाको सूची हेर्नोस्–

adf-1712409892.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro