site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा कांग्रेसबाट खड्काले गराए उमेदवारी दर्ता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्काले उमेदवारी दर्ता गराएका हुन् । उनी पार्टीको जिल्ला सभापति र गएको निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित नेता हुन् ।

उनीबाहेक उपनिर्वाचनका निम्ति इलाम–२ मा नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका छन् । उनलाइ नेकपा (माओवादी केन्द्र)ले पनि साथ दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म खड्का र सुहाङसहित नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जितबहादुर राई‚जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)‚ नेमकिपाका श्यामबहादुर दर्जी‚ मंगोल नेसनल अर्गनाइजेसनका मनिकुमार लिम्बू र डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका छन् ।

इलाम–२ मा सुवास नेम्वाङको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो । आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro