site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा–कालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो । 

काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ताको भएको हो भन्ने प्रतीकात्मक संकेत रहेको नेपालयले जनाएको छ । नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक जेबी दर्लामीले पब्लिकेशन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे । “घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,” लेखक जेबी दर्लामीले भने, “पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ ।” 

लेखक जेबी दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन् । 

Global Ime bank

१३४ पृष्ठको ‘मारीखोलाको ढुङ्गो’ पुस्तकको मूल्य ३४५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसलमा उपलब्ध छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !