site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी सेनामा नेपाली : गृहमन्त्रीसमक्ष पीडित परिवारले राखेर ११ बुँदे माग

काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले आफ्ना आफन्तलाई स्वदेश फिर्ताका लागि पहल गरिदिन गृह मन्त्रालयसमक्ष आग्रह गरेका छन् । शुक्रबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष केही पीडित परिवारले ११ बुँदे माग राखेका हुन् ।

उनीहरूले सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकोको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाहरूको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन् । 

Dabur Nepal
NIC Asia

जवाफमा गृहमन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको र अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको बताए ।

"तपाईंहरूको पीडाबारे पूर्ण जानकार छु । नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज/भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु," लामिछानेले भने ।

रुसी सेनामा रहेका आफूहरूका आफन्तलाई सकुशल फर्काइदिने आश्वासन दिएर केहीले आफूहरूबाट पैसा लिएको भन्दै पीडित परिवारले तिनलाई पक्राउ गर्न पनि आग्रह गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro