site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इस्लिङ्टन कलेजद्वारा १५७ विद्यार्थीलाई चार करोड बराबरीको छात्रवृत्ति प्रदान

काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । उपस्थिति, हाजिरी र आचरणलाई एकै सुत्रमा बाँध्ने एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्तिमार्फत  विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु हो ।

छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रक्रिया पनि निकै चुनौतीपूर्ण सावित भएको कलेजले जनाएको छ । करिब चार करोड रूपैयाँ पुरस्कार राशीको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थी छनोट भएका थिए । 

विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष शुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro