site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट गोल्डकप : उपाधि लक्ष्यमा मछिन्द्र र सांग्रिला 
फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा सांग्रिला मोरङका कप्ताaन आशिष लिम्बु र मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ ।
Sarbottam CementSarbottam Cement

विराटनगर । विराट गोल्डकपको आठौँ संस्करणको फाइनलमा पुगेका मच्छिन्द्र एफसी र घरेली टिम सांग्रिला मोरङ एफए उपाधि आफ्नो पोल्टामा पार्न दृढ देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे फाइनल खेल हुँदै छ । यसमा मच्छिन्द्र पहिलोपटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ । 

यसैगरी घरेलु टोली तेस्रोपटक गोल्डकपको उपाधि हत्याउने दाउमा हुनेछ । सांग्रिलाले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र पाहुना टोली भुटानको आरटीसी एफसीलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । सांग्रिलाले क्वार्टरफाइलनमा भुटानको आरटीसीलाई ३–० ले र सेमिफाइनलमा चर्च ब्वाइजलाई सडनडेथमा ४–३ ले हराएको थियो । पहिलोपटक फाइनलमा पुगेको मच्छिन्द्रले भने क्वार्टरफाइनलमा कोलकाताको साउर्थन समितिको चुनौती २–१ ले पन्छाएर अन्तिम चारको यात्रा गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगितामा लिग विजेतालाई हराएको घरेलु टिमका खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधिनजिक पुर्‍याएको हो । “मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौँ,” उनले भने, “हामी ग्राउन्ड लेभलबाट खेल खेल्नेछौँ ।” 

यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ–११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ताले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ–११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौँ संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो । 

Global Ime bank

त्यसपछि आठौँ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सांग्रिलाकासँगै मछिन्द्रका प्रशिक्षकले पनि उपाधि जित्नका लागि खेल्ने दाबी गरेका हुन् । “यो सँगै सिजनको तेस्रोपटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,” उनले भने, “यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,” मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले भने, “दुई लक्ष्य लिएका आएका थियौँ । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को शनिबार हुन्छ ।” 

सांग्रिलाका कप्तान अभिषेक लिम्बूले होम ग्राउन्डमा घरेलु दर्शकको साथ सहयोग र उत्कृष्ट खेल प्रर्दशन गर्ने भएकाले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । प्रतियोगितामा विदेशी तीनसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी थिए । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् । 

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement