site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालसुधार गृहमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन 

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बालसुधार गृहहरूमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले बालसुधार गृहमा रहेकालाई खुवाउने खानाको गुणस्तर निकै कमजोर रहेको र सफा खानेपानीको पनि अभाव देखिएकाले यसमा विशेष ध्यान दिन समेत सुझाव दिएको समिति सभापति किरणकुमार साहले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

केही सुधार गृहहरू सेवामुलकभन्दा पनि नाफामूलक देखिएकाले संस्थाले नाफामूलक तवरले चलाएका गृहको अनुगमन गरी सुधार गर्न समेत निर्देशन दिएको उनले बताए । 

बैठकमा समिति सदस्यहरूले बालसुधार गृहमा रहेका बालबालिकाको अधिकारमाथि खेलवाड भइरहेको बताएका थिए । समिति सदस्य विन्दबासिनी कंशाकारले बालसुधार गृहको निरन्तर अनुगमन गरेर उनीहरूको समस्या समाधान गर्नुपर्ने बताइन् ।  त्यस्तै, समिति सदस्य रोशन कार्कीले बालसुधार गृहहरुमा रहेकाले पढ्न चाहे त्यसको व्यवस्था गर्नुपर्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro