site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो स्मार्ट लाइसेन्स कार्डको छपाइ

काठमाडौं । जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ । मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच गरी परीक्षण सफल भएपछि वितरण गरिने उनले बताए । "जर्मनी नै पठाएर परीक्षण हुन्छ," उनले भने ।  

योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ । १२ लाख कार्ड विभागसँग छ । तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ ।

जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरिएको मेसिन छ । कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro