site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपाले इलाममा थेगिमलाई सघाउने, बझाङमा रामबहादुरलाई उमेदवार बनायो
Dabur Nepal
NIC Asia

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उमेदवार उठाउने निर्णय गरिएको छ । रामबहादुर जाग्रीलाई उमेदवार बनाउने निर्णय गरिएको प्रवक्ता सुमनले जानकारी दिए । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता हुँदैछ । 

त्यस्तै, बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त रहेको पदमा हसिना खानलाई सांसद बनाउने निर्णय गरेको छ । खानलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए । बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro