site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फोडेनको ह्याट्रिकमा भिल्लाविरुद्ध सिटीको सहज जित
SkywellSkywell

काठमाडौं । फिल फोडेनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

बुधबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीले तीन अंक निश्चित गर्दा फोडेनले ह्याट्रिक र रोड्रीले एक गोल थपे । पाहुना टिमका जोन डुरानले एक गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

११औँ मिनेटमा रोड्रीको गोलमा सिटीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा डुरानको गोलबाट भिल्ला खेलमा फर्किएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा फोडेनले गोल गर्दा सिटीले पुनः २–१ को अग्रता बनायो । ६२औँ मिनेटमा फोडेनले नै सिटीको अग्रतालाई ३–१ मा पुर्‍याए । त्यसको सात मिनेटपछि नै फोडेनले ह्याट्रिक गर्दा सिटीले ४–१ को सहज जित निश्चित गरेको हो ।

जितसँगै ३० खेलबाट ६७ अंक जोडेको सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलभन्दा यो एक अंक मात्र कम हो । आर्सनलले समान खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुल सिटीभन्दा गोल आधारमा मात्र माथि छ । चौथो स्थानको भिल्लाको ३१ खेलबाट ५९ अंक छ ।

बुधबार राति नै भएको अर्को खेलमा शीर्ष स्थानको आर्सनलले लुटोन टाउनविरुद्ध २–० को जित निकाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu