site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुजरातविरुद्धको जितसँगै नेपाल फाइनलमा 

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’को आफ्नो तेस्रो खेलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध आठ रनको जित निकाल्दै नेपाल लिग चरणको अन्तिम खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार भारतको वापीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

गुजरातका उमंग टन्डेलले ४७ रन बनाए पनि टिमको हार टार्न सकेनन् । हर्ष देसाईले २९, अभिनाश देसाईले २० र स्मित पटेलले १९ रन जोडे ।

नेपालका कुशल मल्ल र सोमपाल कामीले समान दुई विकेट लिए । एक ओभर बलिङ गरेका कुशलले तीन रनमात्र खर्चिए । यसबाहेक, विवेक यादवले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो । 

नेपालका ओपनर आसिफ सेखले सर्वाधिक ८५ रन बनाए । यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ६७ रन थपे । 

गुजरातका आर्या देसाई र ध्रुशान्त सोनीले समान दुई विकेट लिए । 

शृंखलामा यसअघि नेपालले पहिलो खेलमा पनि गुजरातलाई आठ विकेटले हराएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल बरोडाविरुद्ध २७ रनले विजयी भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro