site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्रको व्यंग्य : सहकारी प्रकरणले रास्वपा जाने बाटो बन्द भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सहकारी प्रकरणपछि पार्टीले टिकट नदिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने बाटो बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यो बाटो बन्द गरिएकोमा आफूलाई चिन्ता लागेको भनी व्यंग्य गरे । 

“कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय अवसरको ठाउँ बनेको थियो । सहकारीको कारणले त्यो पनि बन्द हुने अवस्था छ । मलाई साथीहरु देखेर साह्रै चिन्ता लागेको छ,” उनले भने । 

बजगाईंले अनैतिक काम गरेपछि सामान्यतया कम्पनीमा आवद्धलाई एमडीले सचेत गराउने गरेको बताए । तर, हिजो सहकारीको व्यवस्थापनमा रहेकाले त्यो काम नगर्दा रास्वपामा शंसय पैदा भएको बताए । त्यस्तै उनले बूढीगण्डकीमा माछा मार्नेहरूले कर्मचारीलाई माछा पठाएपछि परियोजना बन्ने आशा राखेको व्यंग्य पनि गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu