site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निजामती सेवा विधेयकको 'डिजाइन' नै गलत : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको संघीय निजामती सेवा विधेयकको 'डिजाइन' नै गलत भएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरूले मिलेर उत्कृष्ट बनाउन प्रस्ताव गरे । यो पक्ष वा त्यो पक्ष नभनी सो विधेयकलाई समितिमा लगेर छलफल गर्न सबै राजनीतिक दलहरू अघि बढनुपर्ने महामन्त्री थापाको भनाइ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सो विधेयकको उद्देश्य ठिक भए पनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे । निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए ।

उनले भने, "कर्मचारी सेवा सम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन गर्नका लागि संघीय निजामती ऐन ल्याइएको छ । म यसको स्वागत गर्छु । हाम्रो प्रशासन प्रणालीलाई सुव्यवस्थित र नतिजामुखी बनाउनका लागि, पेसागत रूपमा सक्षम उच्च मनोबल र नैतिक रूपले उत्तरदायी बनाउने यसको उद्देश्य रहेको छ । उद्देश्य ठिक छ । किनकी हामीलाई मध्यम आय भएको समुन्नत देश बनाउनु पर्नेछ । तर, विधेयकमा प्रस्तावित व्यवस्थाले केवल हांगाबिंगालाई छिमोल्ने कुरा मात्र गर्छ ।"

Global Ime bank

महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय