site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित 

काठमाडौं । ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्ससँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो ।

Dabur Nepal
NIC Asia

वुल्भ्सविरुद्ध नेपालका चार ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । वुल्भ्सका बलरसामु शीर्ष क्रममा ओपनर देव खनालबाहेक अन्यले दोहोरो अंकमा रन थपेनन् । नेपालबाट नवौँ नम्बरमा ब्याटिङका लागि आएका साहब आलमले सर्वाधिक ३७ रन बनाए । साहबले नवौँ विकेटका लागि रिजन ढकालसँग ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । रिजन १२ रनमा अविजित रहे । 

यस्तै, ओपनर देवले २६ र छैटौँ नम्बरमा ब्याटिङका लागि मैदान प्रवेश गरेका बसिर अहमेदले २० रन बनाए । नेपालका भीम सार्की र मौसम ढकाल ‘गोल्डेन डक’ भए । नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका म्याथ्यु हमफ्रेयसले पाँच विकेट लिए । १० ओभर बलिङ गरेको हमफ्रेयसले तीन मेडन फ्याक्दै ३२ रनमात्र खर्चिए । यस्तै, लियम म्याकार्थीले पाँच ओभरमा २९ रन खर्चिएर चार विकेट लिए । 

त्यसअघि कमलसिंह ऐरीले ह्याट्रिक लिएपछि टस जितेर ब्याटिङमा आएको वुल्भ्स ३८.३ ओभरमा १५७ रनमै अलआउट भएको थियो । वुल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन बनाए । उनले ७७ बलमा चार चौका प्रहार गरे । ६१–३ को अवस्थाबाट कार्माइकल कप्तान निल रकसँग ६५ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । तर, यसपछि लगातार विकेट गुमाउँदा वुल्भ्स सस्तैमा समेटिएको हो । कप्तान रकले ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए । पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले समान १२ रन थपे । 

नेपालका ह्याट्रिकसहित ऐरीले चार विकेट लिए । ६.३ ओभर बलिङ गर्दा उनले एक मेडन फ्याक्दै २१ रन खर्चिए । उनले ३९औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका हुन् । साहब आलम र मौसमले समान दुई विकेट लिए । यस्तै, रिजनले एक विकेट हात पारे । अब शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro