site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कमलको ‘ह्याट्रिक’मा १५७ रनमै समेटियो आयरल्यान्ड वुल्भ्स 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कमलसिंह ऐरीको ‘ह्याट्रिक’प्रेरित नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सबाट पहिलो एकदिवसीय खेलमा १५८ रनको लक्ष्य पाएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वुल्भ्सले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको हो । वुल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन बनाए । उनले ७७ बलमा चार चौका प्रहार गरे । ६१–३ को अवस्थाबाट कार्माइकल कप्तान निल रकसँग ६५ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । तर, यसपछि लगातार विकेट गुमाउँदा वुल्भ्स सस्तैमा समेटिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कप्तान रकले ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए । पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले समान १२ रन थपे । 

ह्याट्रिकसहित कमलसिंहले चार विकेट लिए । ६.३ ओभर बलिङ गर्दा उनले एक मेडन फ्याक्दै २१ रन खर्चिए । उनले ३९औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका हुन् । साहब आलम र मौसम ढकालले समान दुई विकेट लिए । यस्तै, रिजन ढकालले एक विकेट हात पारे ।

Global Ime bank

आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement