site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको गुनासो– गाडीमा लोगो देखेपछि यी सहकारी ठग हुन् भन्छन् 

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौडेलले सार्वजनिक गाडीमा लोगो लगाएर हिँडौं कि नहिँडौं ? भन्दै प्रश्न गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गाडीमा सांसद्को लोगो लगाउँदा यात्रुले सहकारी ठग भन्ने गरेको सुनाइन् । 

“म मेरो अभिभावक सभामुखसँग केही सुझाव लिन चाहन्छु, सम्माननीयज्यू म सार्वजनिक गाडीमा हिँड्छु । मेरो यो (सांसदको) लोगो देखेपछि सबैले यी त सहकारी ठग भन्छन् । उहाँहरूलाई मैले के जवाफ दिनु ?,” उनले प्रश्न गरिन् ।

सहकारी ठगीमा पहिले उपप्रधान तथा गृहमन्त्रीको नाम आएकोमा त्यसमा कुनै कारबाही नभएको उनको भनाइ छ । अहिले रास्वपाका उपसभापति तथा श्रममन्त्री डीपी अर्याल, माओवादीका नेता तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतको नाम पनि सहकारी प्रकरणमा जोडिएर आएको भन्दै गाडीमा सांसदको प्रयोग गरौँ कि नगरौँ भन्दै प्रश्न गरेकी हुन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्