site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइरहेका छौँ : मन्त्री ज्वाला
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रूपमा रहेको बताइन् । मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरूलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको उनको भनाइ छ । 

उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको जिकिर गरिन् । सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरू ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताइन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्