site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–२१ राष्ट्रिय खो खो चैत अन्तिममा हुने

काठमाडौं । नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गते सम्म सञ्चालन हुनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा छ प्रदेश कोसी, मधेस, वाग्मती, गण्डगी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा २४ जना प्रशिक्षक र २० जना निर्णायक पनि संलग्न हुनेछन् ।

प्रतियागिताको च्याम्पियनले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टिम ३० हजार र तेस्रो हुने टिम २० हजार रुपैयाँको हकदार बन्नेछ । प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही १० हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

Global Ime bank

नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले मंगलबार पहिलोपटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu