site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
व्यवसायीको सुन र पैसा लिएका डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर
फाइल तस्बिर ।

काठमडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिबानाको फैसला गरेको हो ।

डीएसपी केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५, हाटबजारका व्यवसायीबाट चार तोला २१ लाल सात प्वाइन्ट सुन लगेका थिए । उनले ती व्यवसायीलई कार्यालयमा बोलाएर आफैँले सुन जिम्मा लगाएको कागज गराएका थिए ।

डीएसपी केसीले अन्य व्यक्तिमार्फत मोलमोलाई गरी आठ लाख ५० हजार नगद र नौ लाख ५० हजार रुपैयाँको चेक समेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro