site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले बरोडाविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको हो ।

नेपालका कुशल मल्लले अविजित २५ बलमा ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन थपे । ८२–५ को अवस्थाबाट यी दुईले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याएका हुन् । 

यसबाहेक, अनिलकुमार साहले २५, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन थपे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेख भने समान नौ रनमा आउट भएका थिए ।

Global Ime bank

बरोडाका बाबा खनाले दुई विकेट लिए । मोहित मोगिन्या र परिक्षित पटिदरले समान एक विकेट लिए ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu