site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दोलखामा बसको ठक्करबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दोलखा । बसको ठक्करबाट विगु गाउँपालिका–३, बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले उनलाई ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

विगु गाउँपालिका–४, फिस्टेढुंगाबाट घर फर्कंदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिंगटीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro