site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाकिस्तान भएकै कारण भारतले सार्कलाई निष्क्रिय बनायो : रघुजी पन्त
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतको चाहनामा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) गठन गरिएको बताएका छन् ।

“यो (बिम्स्टेक) बनाउन भारतको निर्णायक इन्ट्रेस्ट देखिन्छ, त्यो के भने यो संगठनबाट पाकिस्तानलाई बाहिर राख्ने,” मंगलबार प्रतिनिधिसभा बैठकमा बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलका क्रममा उनले भने, “पाकिस्तानलाई बाहिर राखेर आफ्नो भूमिकालाई अगाडि ल्याउने । पाकिस्तान भएकै कारण सार्कलाई निष्क्रिय बनाइएको छ ।”

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष अहिले नेपाल रहेकाले त्यसलाई जगाउने कार्य गर्नुपर्नेमा उनले जोड दिए । “सार्कभित्र हाम्रो भूमिका जति बढी हुनसक्छ, बिम्स्टेकमा कम हुनसक्छ,” सार्कलाई जगाउनुपर्ने कारणबारे उनले भने ।

बिम्स्टेकमा पनि निर्णायक हैसियत भारत रहेको उनको भनाइ छ । बिम्स्टेकमा सामेलपछि के–के फाइदा लियौँ भनेर नेपालले समीक्षा गर्नुपर्ने उनले बताए । “सम्मेलनमा भाग लिनबाहेक के–के पायौँ भन्ने ठोस कुरा केही देखिँदैन,” सांसद पन्तले भने ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro