site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनदेखि ११ सय किलोमिटर टाढा रुसी क्षेत्रमा ड्रोन आक्रमण

मस्को । युक्रेनबाट एक हजार १०० किलोमिटरभन्दा बढी दूरीमा रहेको तातारस्तानस्थित कारखानामा ड्रोन आक्रमण भएको रुसले जनाएको छ ।

तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार, ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो ।

विज्ञप्तिमा भनिएको छ, “आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन । तर, येलाबुगामा मानिस घाइते भएका छन् ।”

रुसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगानजिकै रासायनिक र मेकानिकल इन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखानाहरू छन् । निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना छ ।

Global Ime bank

अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुई ड्रोन प्रहार हुँदा दुईजना घाइते भएका स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu