site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला फुटबल टिमलाई सम्म्मान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ ।

गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता बनेर नेपालको नाम उच्च पारेको भन्दै नेपाल स्पोर्ट्स फेलोसिपले इस्टर फेस्ट फेलोसिप २०२४ अन्तर्गत महिला फुटबल टिमलाई ७५ हजार रुपियाँ र गिफ्ट ह्याम्परसहित सम्मान गरेको हो ।

वाफ च्याम्पियन्सिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो । खेलकर्मी भेलाको रूपमा आयोजित गरिएको सो कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २३:१५
प्रतिक्रिया दिनुहोस्