site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रूपमा सुधार भएको सन्देश दिनुपर्छ : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रूपमा सुधार भएको सन्देश दिन जरुरी रहेको बताएका छन् । 

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले जिम्मेवार उद्योगी व्यवसायीहरूले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक भएको बताए । जिम्मेवार व्यवसायी र व्यक्तिहरूले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गरे । 

उनले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरूमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गरे । 

पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा रहेको तरलता अभाव अहिले सहज भएको, बैंकको ब्याजदर एकल अंकमा आउन लागेको, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सुधारको संकेत आएको बताए । व्यवसायीहरूले मुलुकभरका व्यवसायीसामु सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro