site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुरानो तरिकाको पार्टीको आदेशले राजनीति चल्दैन : महासचिव चन्द
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरूको अनुशासन लागु गर्ने समय नभएको बताएका छन् । 

सोमबार पार्टीले काठमाडौंमा आयोजना गरेको सहिद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागु गर्ने समय नभएको बताएका हुन् । उनले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए । 

Dabur Nepal
NIC Asia

पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे । जनताले नयाँ चिज खोजिरहेको भन्दै त्यो दिन आँट गर्नुपर्ने बताए । महासचिव चन्दले एक्लैएक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको जिकिर गरे । 

उनले भने, "कुनै पार्टीको अनुशासनले कसैलाई छेक्नेवाला छैन अब । सबैले बुझ्नुपर्छ । पार्टीको अनुशासन लागु गर्ने समय अब नेपालमा छैन । पार्टीको आदेशमा पुरानै तरिकाले राजनीति चल्नेवाला छैन । हामीले आँट गर्नुपर्छ, एक्लै एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने मात्रै होइन कि अगाडि बढ्न चाहने सबै जनताको बीचमा माक्र्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभए जस्तै खुल्लमखुल्ला घोषणा गर्न सक्नुपर्छ । दाबी गर्न सक्नुपर्छ । नेपालको अग्रगमन के हो ? रुपान्तरणको आन्दोलन के हो ?"

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरूले माथि उठाउने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro