कला
काठमाडौं । जेठ १० गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दान्भी’को एक्सनको दृश्यको छायांकन भइरहेको छ । यो सिनेमामा पूजा शर्मालाई एक्सन अवतारमा देखिने निर्माण पक्षले जनाएको छ ।
काठमाडौंमा छायांकन भइरहेको चलचित्रका केही तस्बिर सार्वजनिक भएका छन् । निर्माण पक्षले सिनेमाको पब्लिसिटीका लागि पूजाका तस्बिर सार्वजनिक गरेका छन् ।
चलचित्रमा पूजासँगै कुन्साङ बोमजोम, किरण श्रेष्ठ मुख्य भूमिकामा छन् । रुपेश तामाङले सिनेमा निर्देशन गरेका छन् ।
तस्बिर सौजन्य : ‘दान्भी’ निर्माण टिम ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १६:२६
प्रतिक्रिया दिनुहोस्