site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राजेन्द्र विमल र हरिहर शर्मा पुरस्कृत हुँदै 

काठमाडौं । रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले हरेक जोर नेपाली वर्षमा प्रदान गर्ने ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार—२०८०’ शिखा बुक्सद्वारा प्रकाशित साहित्यकार राजेन्द्र विमलको कथाकृति ‘सरबरिया टोल’लाई दिने निर्णय गरेको छ ।

निर्णायक समितिले कथाकार विमलको उक्त कृतिलाई नौमध्ये उत्कृष्ट ठहर गरेकाले पुरस्कृत गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्कृष्ट नौमा योबाहेक विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ थिए । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, ‘अशेष मल्ल–सावित्री रंगकर्म पुरस्कार’ अग्रज रंगकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारका साथ ५० हजार रुपैयाँ प्रदान गरिने सो संस्थाका अध्यक्ष गीता खत्रीले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्