site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा ६०० इजरायली सैनिकको मृत्यु
फाइल तस्बिर ।

जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकुले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेको थियो । हमासको आक्रमणमा एक २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।

यद्यपी, यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu