site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको विजेता न्यूरोड क्लब (एनआरटी) काठमाडौंलाई २–१ गोलले पराजित गरी सिक्कम एनआरटी सेमिफाइनलमा पुगेको हो । 

जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाडौं र साथर्न समिति एफसी कोलकत्ताको विजेता टिमसँग खेल्नेछ । 

जितका लागि सिक्कमका ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए । 

एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशीरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले पछि परेपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रमक खेल पस्कियो । ५९ आँै मिनेटमा सिक्किमका ह्यारीसनले गोल गरी खेल बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे । 

प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आर्दश तामाङले विजय गोल गरे । सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए । आर्दशले प्रहार गरेको फ्रिकिक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आर्दश खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा तय गराए ।

एनआरटीका  रिचार्डले खेल सुरु भएको ७ औँ मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगतै सिसिर लेखीले प्रहार बाहिरयो । २१ औँ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए ।  

२९ औँ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए । 

पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभागबाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावाको डिबक्स नजिकबाट गरेको  प्रहार  सिक्किमका किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए । 

खेलको अत्यमा शिसिरले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिँदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए । 

हारपछि एनआरटीका प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरूबीच आन्तरिक तालमेल नमिलेका कारणले पराजय भोग्नु परेको बताए । 

जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गरेकारले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए । 

सोमबारको खेल इटहरी गोल्डकपको विजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro