site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अरू पार्टी मतदाताको घरदैलोमा, कांग्रेसले टिकट टुंगो नलगाउँदा भोट ‘सिफ्ट’ हुने डर !
कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आसन्न उपनिर्वाचनका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । निर्वाचन आयोगले तोकेको मितिमा मनोनयनपत्र दर्ता गराउन केही दलले उमेदवारको टुंगो लगाइसकेका छन् । केही दल अझै अनिर्णीत छन् ।

प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । संविधानसभा अध्यक्ष समेत रहेका सुवास नेम्वाङको निधनपश्चात् इलाममा उपनिर्वाचन हुन लागेको हो । इलामको उपनिर्वाचनका निम्ति नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले उमेदवारको टुंगो लगाइसकेका छन् ।

एमालेबाट उमेदवार घोषित सुवास नेम्वाङका छोरा सुहाङले मतदाताको घरदैलो अभियान थालिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, मिलन लिम्बूले सुरुआतमा स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेका थिए । उनलाई नै रास्वपाले पार्टीका तर्फबाट उमेदवार बनाउने निर्णय गरिसकेको छ । लिम्बू पनि घरदैलो कार्यक्रममा छन् ।

एकीकृत समाजवादीले जितबहादुर राईलाई उमेदवारका रूपमा अघि सारेको छ । उनी पनि निर्वाचन प्रचारप्रसारमा छन् ।

Global Ime bank

इलाममै पहिचानवादीका तर्फबाट प्रेमदीप थाम्सुहाङ लिम्बूलाई उमेदवारका रूपमा अघि बढाइएको छ । उनी पनि घरदैलो र प्रचारप्रसार कार्यक्रममा लागेका छन् ।

कांग्रेसको भोट घट्ने भन्दै चिन्ता 
अरू नेता–कार्यकर्ता मतदाताको घरदैलो अभियानमा लागिरहँदा समेत नेपाली कांग्रेसले उमेदवार छानेको छैन । कांग्रेसका तर्फबाट आकांक्षीहरू काठमाडौंमा नेताहरूका घरदैलो चहारिरहेका छन् ।

आउँदो मंगलबार कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सो बैठकबाट उमेदवारको टुंगो लगाइने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

कांग्रेस क्षेत्रीय समितिले आकांक्षीका नाम चैत ६ गते जिल्लामा, जिल्ला समितिले सात आकांक्षीका नाम चैत ७ गते प्रदेशमा पठाएको थियो । सोही नाम कांग्रेस प्रदेश समितिले केन्द्रमा पठायो । तर, कसैलाई उमेदवारीको टिकट दिइएको छैन ।

यसको असर ‘ग्राउन्ड’मा परेको कांग्रेस जिल्ला समितिको गुनासो छ । कांग्रेस इलाम सचिव निरोज खड्गी केन्द्रले नाम टुंगो नलगाउँदा मतदाताको घरदैलोमा पुग्न ढिलाइ भएको गुनासो गर्छन् । तलबाट समयमै सिफारिस पठाइएको भन्दै केन्द्रमा अड्किएकामा उनी असन्तुष्ट छन् । “केन्द्रले ढिला गर्‍यो । जनतासम्म पुग्न पाइएन । प्रचारप्रसारमा ढिलाइ भइसक्यो,” उनले बाह्रखरीसित भने ।

अरू दलबाट घोषत उमेदवार मतदातामाझ पुगिरहँदा कतै भोट नै ‘डाइभर्ट’ हुन्छ कि भन्ने डर उत्पन्न भएको उनले बताए । उनले थपे, “बुझाउनुपर्ने कुरा थुप्रै छन् । मतदाता पर्खिएर बस्दैनन् नि ! उमेदवारबिना कसरी जनताको घरमा जाने ? यो कुरामा केन्द्रीय नेतृत्व गम्भीर बनेन ।”

जिल्लाको माहोल बुझ्न इलाम आएका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा भोलि (सोमबार) काठमाडौंमा फर्कने र पर्सि टिकटको टुंगो लगाइने जानकारी आफूहरूलाई गराइएको उनले बताए । “एकजनाले टिकट पाउने हो, त्यो सबैलाई थाहा छ । सम्भावना बलियो भएको मान्छेलाई टिकट दिएर जिल्ला पठाए चुनाव जित्न गाह्रो हुन्न नि,” उनले भने, “यो कुरा केन्द्रले बुझेन ।”

‘वाम किल्ला’ मानिने इलाममा योपटक कांग्रेसले जित्ने आधार भएको उनी जिकिर गर्छन् । तर, मतदाताको घरमा पुग्न ढिलाइ भए कतै समस्या हुने त होइन भन्ने संशय रहेको उनको भनाइ छ ।

इलाम–२ का निम्ति कांग्रेसमा भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङदेनलगायत आकांक्षीका नाम तल्ला समितिबाट सिफारिस गरिएको छ । कांग्रेस शीर्ष नेताहरू आफूनिकटलाई टिकट दिलाउन लागिपरेकाले टुंगोमा पुग्न ढिलाइ भएको केन्द्रीय पदाधिकारी नै स्वीकार गर्छन् ।

यस्तो छ २०७९ को मत

इलाम २ मा स्व. नेम्वाङ २०५६ सालयता विजयी हुँदै आएका हुन् । उनको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । विकासको हिसाबले पछि परेको यो क्षेत्रमा किरात धर्मगुरुको आशीर्वाद र जातीय मतले पनि धेरथोर प्रभाव पार्ने गरेको छ । 

२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ सुवास नेम्वाङ्गले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनबाट चुनाव लडेका कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।  रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यहाँ नेम्वाङले ११४ मतले चुनाव जितेका थिए । 

इलाम क्षेत्र नम्बर-२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ ।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्र पार्टीले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !