site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मैथिल संस्कृति निर्धक्क बाँचेको ‘घुरको धुवाँ’ 

काठमाडौं । समालोचक तथा कथाकारले ‘घुरको धुवाँ’ले मैथिली संस्कृतिसँगै मधेसलाई सकारात्मक बहसमा तानेको बताएका छन् । पत्रकार एवं साहित्यकार राजेश खनालले लेखेको संस्मरणात्मक निबन्धसंग्रह ‘घुरको धुवाँ’ले मैथिल समुदायले नै बिर्सिसकेको संस्कृति पुनर्ताजगी गरेको उनीहरूले उल्लेख गरे ।

पुस्तकमा प्रयुक्त शब्दावली मैथिली समुदायमा समेत नरहेको भन्दै उनीहरूले यसलाई भाषा संरक्षणका दृष्टिले पनि महत्त्वपूर्ण स्थान दिइनुपर्नेमा जोड दिए ।

“घुरको धुवाँमा उल्लिखित पात्र, संस्कृति र घटनाहरूसँगै हुर्किएको मैले यो किन लेखिनँ होला ?,” मैथिलीसँगै नेपाली साहित्यमा पकड राख्ने लेखक धीरेन्द्र प्रेमर्षीले भने, “यो पुस्तक शब्दावली नेपालीमा लेखिएको भए पनि मैथिली साहित्यको एउटा उत्कृष्ट रचना हो ।”

प्रेमर्षीले डाँका, चोरीचकारी र छुल्याइँ हुन्छ भनेर मिडिया र चलचित्रमा देखाइने गरेको भन्दै ‘घुरको धुवाँ’मा इमानदारीपूर्वक बढाइचढाइ नगरी संस्कृति र सभ्यतालाई पस्किएको बताए ।

समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले साहित्यमा संस्कृतिको चरित्र चित्रण हुनु र संस्कृति नै आउनु अलग विषय भएको उल्लेख गरे । ‘घुरको धुवाँ’मा मैथिली संस्कृति जीवन्त बनेको उनले बताए ।

Global Ime bank

“पुस्तकमा कुनै पनि संस्कृतिको झल्को आउनु वा त्यसको चरित्र चित्रण हुनु र संस्कृति नै बाँच्नु फरक कुरा हो,” समालोचक गौतमले भने, “राजेशजीको संस्मरण ‘घुरको धुवाँ’मा मैथिल संस्कृति निर्धक्क बाँचेको छ ।”

संस्मरणमा आख्यानका धेरै अन्तरवस्तु रहेको उनले बताए । यसमा भएका निजात्मक विषय झिकिदिए उत्कृष्ट आख्यान बन्ने उनको भनाइ छ ।

गौतमले त मधेसका विषयमा आएको यो पहिलो निबन्धात्मक कृति भएको बताए । यसले मधेस लेखनमा नयाँ आयाम लिएर आएको उनले टिप्पणी गरे ।

लेखक नयनराज पाण्डेले आफूलाई मधेस लेखनमा एउटा घटनाले पुर्‍याएको भन्दै सामान्य भाषाका कारण ठूला समस्या आउने बताए । उनले मधेस विषयका लेखनमा सहानुभूति पर्याप्त आए पनि त्यहाँका सबल पक्ष नआएको बताए । ‘घुरको धुवाँ’ले मधेस लेखनको ‘ट्रेन्ड’ नै बदलिदिएको उनले उल्लेख गरे । पाण्डेले खनाललाई आख्यानतर्फ आउन आग्रह समेत गरे ।

साहित्यकार अनिता कोइरालाले पुस्तकले मधेसमा हुर्किएकालाई आफैँ संलग्न भएको भान गराउने बताइन् । मधेस बुझ्न चाहनेका निम्ति यो एउटा पूर्ण चलचित्रजस्तै रहेको उनको टिप्पणी छ । ४० वर्षअघिको संस्मरण पुस्तकमा प्रभावकारी रूपमा उतारिएको भन्दै उनले नयाँ पुस्तालाई संस्कृतिको ज्ञान दिन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

एपेक नेपालद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठ, कवि राजेन्द्र शलभ, प्रकाशक किरण थापा र लेखक राजेश खनालले कृतिमाथि आफ्नो धारणा राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu