site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तथ्याङ्क अधिकारी राया महालेखा परीक्षकमा सिफारिस 

काठमाडौं । संवैधानिक अंग महालेखा परीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरेको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषदको बैठकले उनलाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । संसदीय सुनुवाईपछि उनलाई राष्ट्रपतिले नियुक्ति दिनेछन् ।

महालेखा परीक्षक २०८० जेठ ७ गतेदेखि खाली थियो । संवैधानिक परिषदमा भागबण्डा नमिल्दा संविधान विपरीत खाली राखिएको थियो । संविधानतः महालेखा परीक्षकसहित संवैधानिक अंगका पदाधिकारी खाली राख्न मिल्दैन ।

संवैधानिक परिषदको बैठकले अहिले बिहान उनलाई सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । लामो प्रशासनिक पृष्ठभूमि भएका उनी हाल प्रमुख तथ्याङ्क अधिकारीमा बहाल छन् । रायाको सचिव भएपछि साढे चार वर्षमा सात ठाउँमा सरुवा भएको थियो । 

प्रदेश सचिवमा एक वर्ष, अख्तियारमा २१ महिना, वाणिज्य सचिवमा चार महिना तथा अर्थ मन्त्रालयमा चार महिना कार्यरत थिए । त्यसबाहेक उपराष्ट्रपति कार्यालयमा तीन महिना र एक वर्षदेखि तथ्यांक विभागमा थिए ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro