site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मैले बैंकको पैसा तिर्दिनँ कहिल्यै भनेको छैन : दुर्गा प्रसाईं 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वाेच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्यले १३ वर्ष शोषण गरेको र अहिले न्याय पाइएको बताए । 

“१३ वर्ष राज्यले शोषण गरेको थियो । अन्याय गरेको थियो । हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौँ । हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो,” उनले भने,  “सर्वोच्च अदालतले सम्बन्धन दिने आदेश गरेर न्याय मरेको छैन भन्ने कुरा फेरि प्रमाणित भएको छ ।” 

त्यस्तै, उनले आफूले लाइन्सेस लिएको हतियारको पछि राज्य लागेको बताए । आफूले लिएको लाइसेन्समा देशभर जहाँ पनि लैजान पाइने लेखिएको स्पष्ट पारे । सवोच्च अदालतको गेटमा चेकजाँच गर्ने क्रममा हतियारसँगै पैसा समेत लगिएको प्रसाईंले बताए । “राज्य मेरो हतियारमा भुलेको छ । म गृहमन्त्रीलाई भन्न चाहन्छु, शोभा पाठकमाथि अन्याय परेको छ । न्याय दिनुस्,” उनले भने । 

उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए । “मैले ‘एफिलेसन’ उपहार पाएको होइन । संघर्ष  गरेर पाएको हो । एफिलेसन आयो । बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ कहिल्यै भनेको छैन । सात प्रतिशतको ब्याज किन १७ प्रतिशत बनाएको । गरिबको ऋण तिर्देउन सरकार पो भनेको,” प्रसाईंले भने । प्रसाईंले आफूलाई पक्राउ गरे पनि डर नभएको भन्दै पक्राउ गर्न चेतावनी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro