राजनीति

मकवानपुर । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराए ।
थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि ०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए । रासस
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० १९:३१
प्रतिक्रिया दिनुहोस्