site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाहसंस्कार सकाएर फर्कंदै गर्दा एकै परिवारका पाँचजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

गोरखा । गोरखाको गोरखा नगरपालिका–७, पौवाखेतका ४० वर्षीय शंकर रोकाको क्यान्सर रोगबाट शुक्रबार मृत्यु भएपछि उनकी ७० वर्षीया आमा जुनकिरीसहित सिंगो परिवार शोकमा पर्‍यो । उपचारका क्रममा काठमाडौंमा शंकरको मृत्यु भएको थियो ।

गाउँबाट काठमाडौं गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त दाहसंस्कार गर्न शुक्रबार अबेर राति पशुपति आर्यघाटमा पुगे । दाहसंस्कारको काम सकाएर गाउँमै काजकिरिया गर्न तीनवटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो ।

घर फर्कंदै गरेका तीनमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । शंकरका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भान्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइ पुगेन ।

Prabhu Bank
Agni Group
NIC Asia

निकै बेर प्रतीक्षापछि पनि गाडी नआएपछि अनेक शंकाउपशंका बढ्दै गयो । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारानजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्‍यो ।

परिवार र आफन्त घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँचजनाको शव निकाल्यो । दुर्घटनामा परेका एकजना अझै बेपत्ता छन् ।

Global Ime bank

क्यान्सरबाट मृत्यु भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन् ।

जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाउनेमा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल र नौ वर्षीय नाति आगमन उपरकोटी (हरिमायाका छोरा) रहेका वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सरबाट मृत्यु भएका शंकरका छोरा हुन् ।

पाँचैजनाको शव अहिले गोरखा अस्पतालमा परीक्षणका निम्ति राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी रोका परिवारमा पाँचजनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरू समेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement