
काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स ७बी सार्वजनिक गरेको छ ।
लामो समयसम्म चल्ने ६००० एमएएच ब्याट्री, १०८ एमपी मेन क्यामेरा र २५६ जिबी स्टोरेज सहितको अनर एक्स ७ बी अर्ली–बर्ड अफरको साथ नेपाली बजारमा सार्वजनिक भएको हो । ६००० एमएएच अल्ट्रा–लार्ज ब्याट्री भएको अनर एक्स ७ बिले डिएक्सओ मार्कबाट ब्याट्रीमा गोल्ड लेबल पाएको छ । जसले एक चार्जमा तीन दिनसम्म ब्याट्री चल्ने जनाएको छ ।
यसले आजसम्मका सबै अनर एक्स सिरिजका स्मार्टफोनहरूमध्ये उत्कृष्ट ब्याट्री जीवन प्रदान गर्दछ । एकल चार्जमा १८ घण्टासम्मको भिडिओ स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्छ ।
यसमा १र१।६७–इन्च सेन्सरको साथ १०८ एमपी मुख्य क्यामेरा छ । यसले १.९२ युएम मापनको पिक्सेल साइज प्राप्त गर्न ९ इन वान पिक्सेल बिनिङलाई समर्थन गर्दछ । जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामेरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्छ ।
सेलट्रोन नेपालले अनर एक्स७बी को मूल्य (८ं८) जीबी भेरियन्टका लागि २३ हजार ९९९ रूपैयाँ निर्धारण गरेको छ । अर्ली बर्ड अफरअन्तर्गत ग्राहकहरूले यो फोन २२ हजार ९९९ रूपैयाँमा प्राप्त गर्न सक्नेछन् ।