site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुजुकीले ल्यायो नयाँ वर्षको योजना

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्सले ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा लागु हुने गरी यो योजना ल्याएको हो ।

योजनाअन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रूपैयाँ नगद छुट हुनुका साथै थप स्क्र्याच कार्डमार्फत् एक लाख रूपैयाँसम्म पाइन्छ । पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा मोटरसाइकलमा थप १५ हजार रूपैयाँ र स्कुटरमा २० हजार रूपैयाँ वा फाइनान्समा शून्य प्रतिशत ब्याजदरको सुविधा छ । 

कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले पाँच वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । सुजुकीले सन् १९५० देखि नै मोटरसाइकल उत्पादन गराउँदै आइरहेको छ ।

सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याति प्राप्त छ ।यो योजना चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागु हुने कम्पनीले बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्