अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रियसभाका सांसद भुवनबहादुर सुनारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनले पालुङटार विमानस्थल पनि सुचारु गराउनु पर्ने बताए ।
उनले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन ढिलाई भएको भन्दै आपत्ति जनाए । सांसद सुनारले गण्डकी प्रदेशअन्तर्गत रहेको पोखरा पर्यटकीय नगर हेर्न पनि सबैलाई आग्रह गरे ।
उनले सांसद सुनारले खेतीयोग्य जमिनका लागि सिंचाईको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १५:००
प्रतिक्रिया दिनुहोस्