site stats
बाह्रखरी :: Baahrakhari
कला
सात दिनमा ‘महाजात्रा’ले कति गर्‍यो कलेक्सन ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले सात दिनमा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले बिहीबारसम्म सात दिनमा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको हो । 

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार सिनेमाले शुक्रबार एक करोड २३ लाख, शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख ग्रस कलेक्सन गरेको थियो ।  

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै मुख्य कथा हो । 

चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu