site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्गा प्रसाईंका अंगरक्षकले हतियार बोकेको बारे छानबिन गर्न समिति गठन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरिएको हो ।

यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए । उनीहरूका साथबाट अत्याधुनिक हतियार (मेसिनगन) एकथान, म्याग्जिन, म्याग्जिन होल्डर र गोली १०० राउन्ड बरामद गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कानुनविपरीत उक्त हतियारको इजाजतपत्र जारी गरिएको सर्वोच्चले ठहर गरेको थियो । त्यसबारे छानबिन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो । सोहीबमोजिम चार सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । समिति सदस्यमा गृहकै उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्यसचिव छन् । १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

छानबिन समितिलाई यस्तो छ कार्यादेश–
१. जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईंको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको सिफारिस गर्ने,
२. व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने,
३. हातहतियार नवीकरण सम्बन्धमा भएको कानुनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजानासम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने, 
४. इजाजत प्राप्त हातहतियार, खरखजानाको दुरुपयोग रोक्न सोको अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने,
५. हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने,
६. माथि क्र. सं. १ देखि ४ सम्म उल्लेखित विषयहरू समेटी रायसुझावसहितको प्रतिवेदन पेस गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC