site stats
बाह्रखरी :: Baahrakhari
देश
कुलो खन्न गएकी महिलाको जलेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

डोटी । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको डढेलोले जलेर घाइते भएकी शिखर नगरपालिका–४, सेलबुंगाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी त्यहाँ लागेको डढेलोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो ।

उनलाई सुजंग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी ‘रिफर’ गरिएको थियो । निसर्ग अस्पतालमा आज बिहान १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्