site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित

काठमाडौं । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् ।

नियमिततर्फ रहेका ५० हजार ६२६ परीक्षार्थीमध्ये ८३७, प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार ३१७ मध्ये १७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ ।  

Argakhachi Cement Island Ad

प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसइई परीक्षा मर्यादित रूपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिए । आज पहिलो दिनको अङ्ग्रेजी ग्रेडवृद्धि तर्फको प्रश्न पत्रमा सामान्य त्रुटि भेटिएको थियो ।

“एउटा प्रश्नमा सामान्य त्रुटि भेटिएको थियो, त्यसलाई सच्याएर परीक्षा मर्यादित रूपमा सम्पन्न गर्न लगायौँ,” विष्टले भने, “डाइरेक्ट स्पिच र इन्डाइरेक्ट स्पिच’बारे सोधिएको ९ नम्बरको प्रश्नमा भेटिएको सामान्य त्रुटिलाई सच्याउनुपरेको थियो ।”

परीक्षा नियन्त्रण कार्यालयले पनि प्रश्न पत्रमा कुनै त्रुटि भेटिएमा परीक्षा सञ्चालन भएको एक घण्टाभित्रमा आफ्नो सूचना बोर्डमार्फत् सूचना गरेर सच्याउन लगाउने गरेको उनले बताए । 

धनगढीको धनगढी नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष लक्ष्मणदत्त भट्टले भने आफ्नो केन्द्रमा अङ्ग्रेजी ग्रेड तर्फ पाँचसय २९ परीक्षार्थी रहेपनि प्रश्न पत्रमा त्रुटि रहेको भन्ने बारेमा आफूलाई त्यस्तो गुनासो नआएको बताए । 

सबै जिल्लामा स्थापना गरिएका दुईसय ११ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २३:३०
प्रतिक्रिया दिनुहोस्