site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविमा उत्तरपुस्तिका हराएको विषयमा शिक्षामन्त्रीले भनिन्– पुन: परीक्षा समाधान होइन

काठमाडौं । शिक्षमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीहरूको उत्तरपुस्तिका हराएको विषयमा प्रतिक्रिया जनाएकी छन् । बिहीबार साँझ सामाजिक सञ्जालबाट मन्त्री श्रेष्ठले परीक्षार्थीमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति संवेदनशील हुनैपर्ने बताएकी छन् ।

मन्त्री श्रेष्ठले नियमितजस्तो भइरहेका यस्ता घटनाहरूबारे आफूहरू जानकार रहेको पनि बताएकी छन् ।

"उत्तरपुस्तिका हराएका परीक्षार्थीहरूको पुन: परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन् । यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ," उनले भनेकी छन् ।

बिहीबारमात्र उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

समितिले निष्पक्ष, निर्भीक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro