site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एसले इलाममा जीतबहादुर राईलाई दियो टिकट 
जीतबहादुर राई । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।

पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ । “उहाँहरूलाई टिकट दिएर क्षेत्रमा पठाइसकेका छौँ,” श्रेष्ठले भने ।

इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

dil-bahadur-rawal3-1711606045.jpg
सत्ता गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउँदै छन् । गठबन्धनको प्रमुख दल नेकपा (एमाले)ले सुहाङ नेम्वाङलाई उमेदवार बनाइसकेको छ । नेकपा (माओवादी केन्द्र)ले पनि उमेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu