खेल

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्ने भएको छ । खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । नेपालको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।
आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० ०७:२०
प्रतिक्रिया दिनुहोस्