site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट गोल्डकप भोलिदेखि, उद्घाटनमा आरटीसी र नेपाल पुलिस भिड्ने  

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा भोलि (बिहीबार)देखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १० वटा फुटबल टिम सहभागी हुँदै छन् । जसमा भारतका दुई, भुटानको एक र नेपालका विगागीयसहित सात टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रस्टले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको कार्यसूची (टाईसिट) सार्वजनिक गर्नुका साथै सबै तयारी पूरा भएको जनाएको छ । 

प्रतियोगिताको मुख्य प्रायोजक एसियन थाइफुड्स र एनआइसी एसिया बैंक छन् । यसैगरी प्रायोजक पेपे पिज्जा, सह–प्रायोजक दुगड स्पाइसेज, एनसेल एजिस्टा, राष्ट्रिय वाणिज्य बैंक र म्याजिक चप्पल छन् । प्रतियोगिता सम्पन्न गर्न कुल अनुमानित एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए । उनले भने, “रात्रिकालीन म्याच हरेक दिन साँझ पौने ६ बजे सुरु हुनेछ ।” 

प्रतियोगितामा विजेताले ११ लाख, उपविजेताले पाँच लाख ५० हजार, उत्कृष्ट प्रशिक्षकले २१ हजार, उत्कृष्ट गोलरक्षकले २१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने आयोजकले जनाएको छ । 

उद्घाटन खेल भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुने भएको छ । प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्नेछन् । 

सार्वजनिक गरिएको खेल तालिकाअनुसार समूह ‘ए’ मा घरेलु टोली सांग्रीला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको जानकारी दिए । 

समूह ‘बी’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभुवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब छन् । 

विराटनगरमा २०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा प्रतियोगिता सुरु भएको थियो । २०६८ बाट विराट गोल्डकप नाम फेरिएको हो । नेपाल पुलिसको विभागीय टिमले तीनपटक तत्कालीन महेन्द्र गोल्डकप जितेको थियो । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro